केदारनाथ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ ।
उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए । गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो।
देहरादूनबाट केदारनाथ जाँदै गरेको हेलिकोप्टर खराब मौसमका कारण दुर्घटनामा परेको उल्लेख छ । हेलिकप्टर दुर्घटनाको पुष्टि जल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवार गरेका छन्।
हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो ।
प्रतिक्रिया