Breaking

सञ्चारक्षेत्रलाई तर्साउने घटनामा सम्पादकहरूको आपत्ति


काठमाडौं । सञ्चारक्षेत्रलाई तर्साउने घटनामा सम्पादकहरूले आपत्ति जनाएका छन् । आज विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोज्नु खेदजनक विषय भएको बताएका छन् ।

पत्रकार दिलभूषण पाठकमाथि जारी पक्राउ पुर्जी पनि खारेज गर्न सम्पादकहरूको माग गरेका छन् । सँगै विद्युतीय कारोबार ऐनमा राखिएका गलत प्रावधान संशोधन गर्ने प्रक्रियामा लैजान पनि सम्पादकहरूले सरकार र संसद्को ध्यान आकर्षित गरेका छन् ।

त्यस्तै, नेपालखबर डटकम र बिजमान्डु डटकमसहितका अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचार हटाउन भन्दै अदालतबाट जारी भएको आदेशप्रति पनि आफूहरूको असहमति भएको सम्पादकहरूले बताएका छन् ।