काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भिजिट भिसा र अग्नी सापकोटाको विषयमा कुनै साइनो नरहेको बताए ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले भिजिट भिसामा अग्नी सापकोटा साटिएको भनेर गलत प्रचार गरिएको दावी गर्दै ती छुट्टाछुट्टै विषय रहेको स्पष्ट पारे ।
देश र जनताको बृहत्तर हितको निम्ति तत्काललाई दुई बुँदे सहमति गरेर संसद सुचारू हुने परस्थिति बनाइएको दाबी गरे ।
प्रतिक्रिया