अन्तर्राष्ट्रिय

इजरायलद्वारा इरानमाथी सैन्य हवाइ आक्रमण सुरु, इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्सका प्रमुखको मृत्यु


काठमाडौं—याइजरायलले गएरातिदेखि इरानमाथि भीषण हमला जारी राखेको छ । तेहरानका सैन्य अड्डाहरू नजिक र वरिष्ठ कमाण्डर बसोबास गर्ने बस्तीहरू नजिक विस्फोटहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ । तेहरानको पूर्वी क्षेत्रमा पर्ने एउटा बस्तीमा रहेका उच्चपदस्थ इरानी सैन्य अधिकारीहरू र तिनका परिवारको घरमा समेत आक्रमण भएको जनाएको छ ।

आक्रमणमा परी इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्सका प्रमुख मेजर जनरल होसेन सालामीको हत्या भएको पुष्टि गरिएको छ। साथै आणविक वैज्ञानिक मोहम्मद–मेहदी तेहरांची र फरेयदुन अब्बासीको पनि हत्या भएको इरानी सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अहिले इजरायलले इरानलाई रोक्न नसके दोस्रो पुस्ताको विनाश हुने भन्दै इजरायलमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए । इरानबाट हुन सक्ने सम्भावित प्रतिशोधको तयारीका लागि देशमा आपतकालीन अवस्थाको घोषणा गरेका छन ।

इजरायली हमालापछि इरानले शुक्रबार सबेरै भएको आक्रमणको इजरायलले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । यता अमेरिकाले इजरायलले इरानमाथि गरेको हमलामा आफ्नो कुनै संलग्नता वा सहयोग नरहेको दावी गरेको छ ।