काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको पेलाइमा पर्दा मोहरा बनिरहेको कांग्रेस सरकारमै अस्तित्वविहीन हुने खतरा बढेको छ । अहिले कांग्रेसले न त आफ्ना विचार र सिद्धान्तविरुद्धका काममा अङ्कुश लगाउन सकेको छ, न त फरकपना नै देखाउन ।
फलतः पूरा पार्टी नै ‘भाइ एमाले’ बन्ने खतरा बढेको हो । हुन पनि, ओलीले कान्छाराम तामाङलाई बर्खास्त गर्दा कांग्रेस बोल्न सकेन । कुलमान घिसिङ बर्खास्तीमा पर्दा महामन्त्री गगन थापाले गरेको दाबी फेल खायो ।
प्रतिक्रिया