राजनीति

एमालेभित्रै ओलीका विरोधी बढे, विद्याको आडमा नेताहरुको गुट सक्रिय, शेरधन राई र कर्ण थापा आक्रामक(भिडियो)


काठमाडौं—नेकपा एमालेमा १० वर्षदेखि एक्लै राज गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीको खिलाफमा अहिले पार्टीभित्र विस्तारै माहोल बन्न थालेको छ । एमालेको नेतृत्वमा अझै २० वर्षसम्म कसैले आश नगरे हुन्छ भन्ने गरेका तिनै ओलीको विकल्प खोज्न अहिलेदेखि नै एमाले नेताहरू सक्रिय देखिन्छन् ।

चाहे त्यो ७० वर्षे उमेर हदलाई लिएर होस् वा फेरि नेतृत्वको दुई कार्यकाललाई नै लिएर किन नहोस् । ओलीलाई दबाब महसुस गराउन पार्टीभित्रकै एक तप्का लागिपरेको छ ।