अन्तर्राष्ट्रिय

भारतको डर लाग्दो विमान दुर्घटना, उडेको २ मिनेटमै बस्तीमा खस्यो, छानबिन गर्दै मोदी सरकार(भिडियो)


काठमाडौं—बिहीबार दिउँसो स्थानीय समयअनुसार एक बजेर ३८ मिनेटमा भारतको पश्चिमी सहर अहमदाबादबाट लन्डनका लागि एयर इन्डियाको विमानले उडान भरेको थियो । करिब दश घण्टा लामो समयको उडानमा रहेको विमान विमानस्थलबाट उडेको दुई मिनेट पछि नै दुर्घटना प¥यो ।

उडान नम्बर एआई १७१ भएको विमानमा चालक दलका सदस्यसहित २ सय ४२ जना सवार थिए । यो दुर्घटनामा विमानमा रहेका सबै यात्रुको मृत्यु भएको गुजरात प्रहरीले पुष्टि गरेको छ । उडान नम्बर एआई १७१ रहेको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । विमान खस्ने बित्तिकै त्यस क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो ।