काठमाडौं—नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् ।
सचिवमा आकाश घर्ती,रचना सापकोटा,गोपाल नेपाल र ससीम बाबु खाम विजयी भएका छन । चारजना सचिवतर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन्।
केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन्। १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । कीर्तिपुरमा जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशनको मतदान बिहीबार सम्पन्न भएको हो।
प्रतिक्रिया