काठमाडौं—संघीय संसदका दुबै सदनको बैठक आज बस्ने गरी बोलाइएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे र प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएका छन् ।
विहिवार विपक्षी दलहरूले नाराबाजी गरेर बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले आज १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएकाले छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूको माग छ । संसद्को अवरोध हटाउने सत्तापक्षको आग्रहमा माओवादी र एकीकृत समाजवादी लचक भए पनि रास्वपाको भने अडान कायमै छ । विपक्षको अवरोधका कारण प्रतिनिधि सभामा बजेटमाथिको छलफल हुन सकेको छैन ।
प्रतिक्रिया