राजनीति

अहमदावाद विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त


काठमाडौं—परराष्ट्रमन्त्री आरजु राण देउवाले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै परराष्ट्रमन्त्री देउवाले दुःख व्यक्त गरेकी हुन् ।

उनले दुर्घटनाबाट प्रभावितको परिवार र आफन्तजनप्रति श्रद्धाञ्जली र संवेदना पनि व्यक्त गरेकी छिन् । दुर्घटनापछि भारतको पक्षमा नेपाल उभिएको उनको भनाइ छ ।

उनले लेखेकी छिन्, ‘लण्डनका लागि उडान भरेको एअर इण्डियाको एआई१७१ विमान भारतको अहमदावादमा दुर्घटना भएको सुन्दा गहिरो दुःख लागेको छ । प्रभावितका परिवार र आफन्तप्रति म संवेदना र श्रद्धाञ्जली व्यक्त गर्दछु । यस दुःखद घडीमा भारतसँग नेपाल ऐक्यबद्धता जाहेर गर्दछ ।’