राजनीति

रास्वपालाई धोका दिँदा अप्ठ्यारोमा प्रचण्ड, कांग्रेसले बोली फे¥या


सरकार बनेकै दिनदेखि ढाल्ने योजनामा लागेका माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड फेरि एकैपटक दुई चतु¥याइँमा फेल खाएका छन् । आन्तरिक बाध्यताका कारण प्रचण्ड गृहमन्त्री रमेश लेखकको राजीनामाको मुद्दाबाट पछि हट्नुपर्ने अवस्था आउँदा सरकार ढाल्ने सपना पनि तत्कालका लागि तुुहिएको छ ।

न सत्ताका, न प्रतिपक्षका बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि जनतातिरै फर्किएका छन् । न कांग्रेसँग मिलेर सरकार ढल्यो । न, रास्वपासँग मिलेर गृहमन्त्री हटाउने दाल गल्यो । भिजिट भिसामार्फत हुने मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडिएपछि आफूलाई क्लिन बताउने माओवादी उनको राजीनामा माग्न मध्यपहाडी लोकमार्ग अभियान नै स्थगित गरी काठमाडौं केन्द्रित भयो । विपक्षी मोर्चालाई एकढिक्का बनाउने प्रयत्न भयो । सकेसम्म कांग्रेससँग नयाँ सरकारकै बार्गेनिङ भए । त्यस समय प्रचण्डको अनुहारमा छुट्टै चमक देखिन्थ्यो ।

अब सबै अस्त्र फेल भएपछि प्रचण्ड फेरि पहाड उक्लिएका छन् । म्याग्दीका जनता भेट्न पुगेका छन् । तातोपानी कुण्डमा डुबुल्की मारेर ‘मुड फ्रेस’ गरिरहेका छन् । सरकार परिवर्तनमा प्रचण्ड फेरि अर्कोपटक फेल खाएका छन् । योबीचमा प्रचण्डले संसद खुलाउने नाममा कांग्रेसको विभिन्न तहमा छलफल गरे । प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच जेठ २३ गते भेट भयो । खड्का उनै पात्र हुन् जसले गत निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन बनाउन सक्रिय भूमिका खेलेका थिए । पछिल्लो पटक एमालेसँग मिल्दासमेत कांग्रेस प्रचण्डतिरै ढल्किनु पर्ने भन्दै पार्टीमा असन्तोष नै राखेका थिए । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा व्यापक प्रश्न कांग्रेसकै नेताहरुले गरिरहेका बेला पूर्णबहादुरकै सक्रियतामा देउवासँग एकपटक टेलिफोन संवाद र एकपटक भेट नै भयो ।

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालमाथि मुद्दा चलेकोबारे देउवाले प्रचण्डसँग जिज्ञासा र असन्तुष्टि राखेका थिए । ओलीलाई जानुपर्ने देउवाको फोन प्रचण्डलाई गएपछि एमालेसमेत झस्किएको थियो । स्रोतका अनुसार देउवा स्वयं ओलीका पछिल्ला गतिविधिबारे रुष्ट छन् । यसैमा प्रचण्डले खेल्न खोजेका थिए । तर, देउवा भने तत्काल ओलीविरुद्ध विद्रोह गरिहाल्ने पक्षमा नरहेको बुझिन्छ । ओलीप्रति भर नभएकाले जुनसुकै बेला जे पनि हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

पार्टी अभियान नै रोकेर सुरु गरेको गृहमन्त्रीको राजीनामा मुद्दा पनि प्रचण्डलाई अहिले निल्नु न ओकल्नु भएको छ । सर्वोच्च अदालतले १२ वर्षअघिको मुद्दामा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटामाथि अनुसन्धानको बाटो खुलाएको छ । प्रहरीले अनुुसन्धान गर्नुपर्ने अवस्था आए सरकारमा भर पर्नेछ । तत्काल पक्राउ पर्न सक्नेछन् । पार्टीभित्रै बढ्दो शक्ति संघर्ष र तारन्तार उत्तराधिकारी गुमाउँदै गएका प्रचण्डका लागि यो नमिठो क्षण हुन सक्नेछ । यही बेला माधव नेपालमाथि समेत मुद्दा दर्ता भएको छ । सोही कारण सरकारमाथि धारेहात लगाउने कदमबाट माओवादी र एकीकृत समाजवादी पछि हटेको चर्चा छ । यही कारण लेखकको राजीनामाको बटमलाइनमा रहेका दुबै पार्टी तत्काल अख्तियारको अनुसन्धानलाई सघाउने भन्दै सदन चलाउन एकमत भएका थिए ।

तर, रास्वपाले आफ्नो अडान छाडेन । अहिले आफ्नो एजेण्डामा प्रतिपक्षीलाई हिँडाइरहेको माओवादी अब रास्वपाको मुद्दामा हिँड्नुपर्ने निरीहताको अवस्थामा पुुगेको छ । अहिले यो मुद्दा असरल्ल छाडेर पहाडको हावा खान निस्किएका प्रचण्ड सत्ता न प्रतिपक्षका भएका छन् । हरेक मुद्दामा प्रचण्डको हारको श्रृंखला जारी छ ।