अर्थनीति

समग्र अर्थतन्त्रको विकासको लागि मौद्रिक नीति आउनेछ : डेपुटी गभर्नर


काठमाडौं—नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीति सीमित व्यक्तिलाई हेरेर निर्माण नहुने बताएका छन् । आज क्लिकमाण्डु डटकमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको निजी क्षेत्रसँगै मुलुकको अर्थतन्त्रको विकास हुनेगरी मौद्रिक ल्याइने बताए । समग्र अर्थतन्त्रको विकासको लागि मौद्रिक नीति बनाइने उनको भनाई छ । मौद्रिक नीतिका क्रममा आउने सुझावहरुलाई राष्ट्र बैंकले ग्रहण गरिरहेको छ ।

नेपाल राष्ट्र बैंक सरकारको सल्लाहकार भएकाले हरेक विषयलाई मौद्रिक नीतिले सन्तुलन गरेर जाने मिश्रले बताए। सबै उद्योगी र व्यवसायीलाई हेरेर समग्र अर्थतन्त्रको विकास हुनेगरी मौद्रिक नीति ल्याउने उनको भनाई थियो

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बजेट सकारात्मक आएकाले अब मौद्रिक नीति लचक भएर आउन आवश्यक भएको बताए । कार्यक्रममा, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारबाट उर्जा क्षेत्रलाई दुविधामा पार्ने काम भएको बताए।