काठमाडौं—संसदको गाँठो फुकाउने निहुँमा कांग्रेस र माओवादीबीच हिममिच बढेको छ । पछिल्लो केही समययता विभिन्न तहका नेताहरुबीच दर्जन बढी छलफल भएका छन् ।
सरकारको मुख्य स्टेक होल्डर र आफ्नै पार्टीका गृहमन्त्रीको विषय भएकाले संसद खुलाउन कांग्रेसको सक्रियतालाई स्वभाविक मान्न सकिए पनि सभामुख र एमालेको चासो घट्दा स्वभाविक रुपमा शंका उत्पन्न भएका छन् ।
जहाँ प्रधानमन्त्री केपी शर्मा ओली पनि यो तहको सक्रियताले झस्किएका मात्र छैनन्, सार्वजनिक रुपमै कांग्रेस र एमालेको एकता भाँड्न विपक्षी लागिपरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया