राजनीति

भ्रष्टाचारी ठेगान लगाउँदै अख्तियार, पूर्वप्रधानमन्त्रीहरु नै तर्सिए, कर्मचारीकै सातो गयो, ओलीमा अग्निपरीक्षा(भिडियो)

योहो संवाददाता

काठमाडौं—सुस्ताएको आरोपबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग टेरामक्स प्रकरणबाट ठूला भनिएका माछामाथि प्रहार गर्दै आक्रामक रूपमा अघि बढेको छ ।

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र पूर्व कानून सचिव धनराज ज्ञवालीसहित १६ जना अनुसन्धानको दायरामा तानिएका छन् ।

यो प्रकरण सेलाउन नपाउँदै अख्तियारले भिजिट भिसामा भएको चलखेलको अनुसन्धान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमै छापा मा¥यो । हालसम्म यो प्रकरणमा ठूला माछाका रूपमा