Breaking

आक्रामक बन्यो अख्तियार, टेलिकममा ३३ करोड घोटाला गर्नेलाई ठेगान लगाउँदै, कर्मचारीलाई मात्र मुद्दा ?(भिडियो)


काठमाडौं—गृहमन्त्री रमेश लेखकको समेत नाम जोडिएको भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेसँगै अख्तियारले बढाएको सक्रियता रोकिने छाँटकाँट देखिँदैन ।

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको विषय सेलाउन नपाउँदै, अख्तियारले आइतबार नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत–सम्भार ठेक्कामा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।