Breaking

संघीय संसदका दुबै सदनको बैठक बस्दै, दलहरू सहमतिनजिक


काठमाडौं—संघीय संसदका दुबै सदनको बैठक आज बस्ने गरी बोलाइएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएका छन्।गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएकाले छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूको माग छ ।

संसद्को अवरोध हटाउने सत्तापक्षको आग्रहमा माओवादी र एकीकृत समाजवादी लचक भए पनि रास्वपाको भने अडान कायमै छ। विपक्षको अवरोधका कारण प्रतिनिधि सभामा बजेटमाथिको छलफल हुन सकेको छैन । राष्ट्रिय सभामा भने पानी जहाज विधेयक पारित गर्ने कार्यसूची छ ।