Breaking

ओलीको गढमा विद्याको रापताप, अध्यक्ष बन्न विदेशीदेखि कार्यकर्ता रिझाउँदै, ओली गुटमाथि संकट (भिडियोसहित)


काठमाडौँ । देशको दोस्रो ठूलो दल नेकपा (एमाले) पछिल्ला केही वर्षयता निर्विकल्प जस्तै देखिएको छ । जहाँ अध्यक्ष केपी शर्मा ओली नै सर्वेसर्वाका रूपमा स्थापित छन् । तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रियता बढाएसँगै एमालेभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ, र अब ओलीको विकल्पका रूपमा भण्डारीलाई हेर्न थालिएको छ ।