काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएकाछन् ।
आज पार्टी केन्द्रिय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भुमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताए । पार्टीको भुमिका देखेर आतंकित भएको बताउँदै पूर्वाग्रह राखेर मुद्दा चलाएको बताए ।
अध्यक्ष नेपालले आफूलाई अदालतले न्याय दिन विश्वास व्यक्त गरे । अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस नखाएको बताउँदै उहाँले डराउनु पर्ने आवश्यक नभएको उनको भनाई छ ।
प्रतिक्रिया