नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको बताए । नेपाली कांग्रेस मध्यमार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको उनको भनाइ छ ।
कोइरालाले कुनै पनि देशमा मध्यमार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे । नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै उनले सत्ताको चाबी कांग्रेसले खोल्नुपर्ने बताए ।
कांग्रेसको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिकसमक्ष लैजानुपर्नेमा उनको जोड छ ।
प्रतिक्रिया