अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र एलन मस्क बीचको सम्बध बिग्रियो, एकअर्काविरुद्ध आरोप–प्रत्यारोप


काठमाडौं—अमेरिकी राष्ट्रपति ट्रम्प र ट्रम्पले सरकारी दक्षता विभागमा नियुक्त गरेका एलन मस्कबीच सम्बन्ध बिग्रिएको छ । मस्कले अमेरिकाको सरकारी दक्षता विभाग (डज) छाडेपछि ट्रम्पसँग मतभेद बढेको छ । पहिले एकअर्काका प्रिय उनीहरू अहिले आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

सरकारको कर र खर्च विधेयकको कडा आलोचना गरेपछि मस्कप्रति ट्रम्पले असन्तुष्टि व्यक गरेका छन् । ट्रम्पले मस्कलाई धेरै सहयोग गरेको भन्दै उनको पछिल्लो टिप्पणीबाट आफू निराश भएको बताएका छन् ।

मस्कले भने ट्रम्पलाई चुनाव जिताउन आफूले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आफ्नो सहयोग नभएको भए ट्रम्पले चुनाव हार्न सक्ने आँकलनसमेत गरेका छन् ।