काठमाडौं—सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपक्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी जारी राखेको छ । त्यसक्रममा एक जनाको शव भेटिएको छ । उनको सनाखत हुन बाँकी छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए ।
राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।
उनीहरुसहित ५६ जनाको टोली विहीबार ७ः४५ बजेदेखि नै विपद उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको थियो । सो क्रममा दिउँसो ३ बजेर १० मिनेटमा उनीहरु बेपत्ता भएका थिए ।
उनीहरुको खोजीमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, ६ नम्बर गण सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष तालिमप्राप्त गोताखोरसहित करिब ६० जनाको सुरक्षा फौज खटाइएको छ ।
प्रतिक्रिया