राजनीति

ओलीविरुद्ध एमाले भित्रै घेराबन्दी, अभियानमा नेताकै विरोध, झोले बन्न गोकुल मानेनन्, अरु को–को भाँडिए ?(भिडियो)


काठमाडौं—सत्ता सञ्चालन होस् वा आन्तरिक पार्टी राजनीति, प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्णय र कदमहरूका कारण समस्यामा पर्दै गएका छन् ।

दुईतिहाइ बहुमतको शक्तिशाली सरकारको नेतृत्व र पार्टीभित्रको बलियो पकडका बाबजुद उनले अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् । उनको कार्यशैली र कतिपय अभिव्यक्तिहरूले गर्दा उनी चौतर्फी विवाद र आलोचनाको केन्द्र बनेका छन् ।