राजनीति

ओलीसँग कुहिनो जुधाउने ठेगान लागे, माधव–रविलाई मुद्दाको भारी, अग्निको मुद्दापछि हरायो प्रचण्डको फुर्ती (भिडियो)


काठमाडौं—कांग्रेसको बलमा सत्ता नेतृत्व गरिरहेका केपी शर्मा ओली पेलेरै अघि जाने रणनीतिमा देखिएका छन् । आफू सकसमा पर्ने स्थिति बन्नासाथ घुमाएर प्रहार गर्ने विगतकै नीति उनले अख्तियार गरेका छन् ।

फलतः यसले विपक्षी मात्र नभई सत्तासहयात्री समेत साइजमा आउने अवस्था बनेको छ । उनको प्रहारबाट बालेन्द्र शाह र रवि लामिछानेजस्ता नयाँ र लोकप्रिय भनिएका पात्रसमेत अछुतो छैनन् । यसैको उदाहरणस्वरूप, पछिल्लो समय उनी घेराबन्दी गर्ने विपक्षीप्रति आक्रामक छन् ।