काठमाडौं—जनताका प्रतिनिधि हुन् कि भ्रष्टाचारका भण्डार ? जनताले पाँच वर्षका लागि जनसेवा गर्न पठाएका सांसद नै धमाधम विभिन्न काण्डमा मुछिने क्रम बढेको छ । संघीय संसदमा मात्र चार सांसद निलम्बनमा परेका छन् । एक सांसद भने निलम्बित भए पनि फरार अवस्थामा छन् ।
यसक्रममा नेपाली राजनीतिको इतिहासमै पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बालुवाटार जग्गा प्रकरणको नीतिगत भ्रष्टाचारमा जोगिएका एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया