Breaking

अग्निको फैसलाले प्रचण्ड तनावमा, गृहमन्त्रीसँग सौदाबाजी हुँदै ? द्वन्द्वकालीन मुद्दाले अर्कै मोड लियो (भिडियो)


काठमाडौं—‘बाह्र वर्षपछि खोला फर्किन्छ’ भनेझैँ, काभ्रेकी पूर्णिमाया लामाले आफ्ना श्रीमान् अर्जुन लामाको हत्याको अनुसन्धान गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरेको १२ वर्षपछि सुनुवाइ भएको छ ।

लामाले मुद्दा दर्ता गरेको १३ वर्ष पुग्दै गर्दा बुधबार सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अपहरण र ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारका नाममा उत्प्रेषण आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासले सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयसमेत बदर गरिदिएको छ ।