काठमाडौं—संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने गरी बोलाइएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । दुबै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको कार्यसूची छ ।
तर, विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र निष्पक्ष छानबिन समितिको माग गर्दै बैठक चल्न दिएका छैनन् । राष्ट्रिय सभाको बैठक भने नियमित रुपमा सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया