राजनीति

कोइरालामा भित्रभित्रै भिडन्त, शशांकलाई भ्रष्टाचारी करार गराउँदै शेखर समूह, गृहमन्त्री प्रकरणले छताछुल्ल (भिडियो)


काठमाडौं—कांग्रेसको आगामी समीकरणबारे चासो बढेकै बेला कोइराला परिवारमा स्पष्ट विभाजन देखिएको छ । टुुंगो लागि नसके पनि १५ औँ महाधिवेशनको तयारी नेताहरुले कुनै न कुनै रुपमा गरिरहेका छन् ।

तर, आफ्नो पक्षमा वर्चश्व देखाउन कस्ता मुद्दालाई कसरी राजनीतिक रङ दिन्छन् भन्ने कुरा गृहमन्त्री रमेश लेखकको राजीनामा प्रकरणले छर्लङ पारेको छ ।

यही घटनाले कोइराला परिवारमा स्पष्ट विभाजनको रेखा कोरिएको छ । पार्टी सरकारमा रहँदा पनि प्रतिपक्षी शैली देखाउने शेखर कोइरालाले मन्त्री लेखकको राजीनामा मागेका थिए ।