समाचार

सगरमाथामा इतिहास राख्ने होड, प्रहरीदेखि शेर्पालाई चुनौती दिने बेलायतीको आरोहणसम्म (भिडियो)


काठमाडौं—यो वर्षको वसन्त ऋतुमा कुल ६ सय ९४ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेका छन् । जसमध्ये आरोहण अनुमति लिएका २६६ जना (९ नेपाली र २५७ विदेशी) तथा उनीहरूलाई सहयोग गर्ने ४ सय २१ जना शेर्पा आरोही गाइड रहेका छन् ।

पर्यटन विभागका अनुसार, यो वर्ष ४७ आरोही समूहका ४ सय ६८ जनाले आरोहण अनुमति लिएकोमा २६६ जना आरोहीले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन् । यद्यपि, विभागले आधिकारिक तथ्याङ्क पूर्ण रूपमा सार्वजनिक हुन बाँकी रहेको जनाएको छ ।