काठमाडौं—व्यवस्था ढाल्ने भन्दै जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि ‘वृहत् जनआन्दोलन’ को सुरुवात गरेको दाबी गर्ने राजावादीहरूले चौथो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
पहिलो दिन शान्तिबाटिकाबाट सुरु भएको राजावादीहरूको आन्दोलन आइतबार बालुवाटार नजिक नारायणचौरसम्म पुग्दा केही उग्र र अराजक बनेको देखिन्थ्यो ।
प्रधानमन्त्री, सभामुखलगायतका सरकारी निवास रहेको निषेधित क्षेत्र बालुवाटार प्रवेश गर्न खोज्दा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत सात जनालाई पक्राउ गरेको हो ।
प्रतिक्रिया