राजनीति

निर्णायक आन्दोलनमा राजावादी, प्रचण्ड र ओली नै उस्काउँदै, थापा र लिङ्देन तातिए, जनता जाग्लान् ?(भीडियो)


काठमाडौं— तीनकुनेको प्रदर्शनपछि केही सुस्ताएको राजावादीहरूको पुनः आन्दोलन चर्काउने प्रयास कमजोर बन्दै गएको छ । ‘निर्णायक’ आन्दोलनको उद्घोषसहित सडकमा उत्रिए पनि उनीहरूका गतिविधि कर्मकाण्डी देखिएका छन् । अर्थात सरकारले निषेधित घोषणा गरेको क्षेत्रमा जाने र नाराबाजी गर्नेभन्दा माथि उनीहरु उठ्न सकेका छैनन् ।

यद्यपि विगतमा भन्दा यो पल्ट केही दिन आन्दोलन लम्ब्याउने उनीहरुको तयारी छ । जसलाई व्यवस्था परिवर्तन नभएसम्मको लागि जारी राख्ने राजावादीले उद्घोष समेत गरेका छन् ।