काठमाडौं—काठमाडौं उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा सकिएको छ ।
जात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा राष्ट्रपति रामचन्द्र पौडेलसहित राज्यका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थितिमा सर्वसाधारणका लागि भोटो देखाइएसँगै यस वर्षका लागि जात्राको इतिश्री भएको हो ।
वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जावलाखेलमा परम्परागत रूपमा भोटो देखाएर यो पर्व मनाइयो ।
प्रतिक्रिया