Breaking

एमालेले बोलायो संसदीय दलको बैठक, बजेटसहित समसामयिक विषयमा छलफल हुने


काठमाडौं—सत्तारूढ दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा बजेटसहित समसामयिक विषयमा छलफल हुनेछ।सरकार यही जेठ १५ गते बजेट प्रस्तुत गरेको छ। संसदमा भोलिदेखि बजेटमाथि छलफलको तयारी छ ।

तर, विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआए बैठक चल्न नदिने चेतावनी दिएका छन् ।