Breaking

सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती, इन्ड्राइभले बढाए भाडा, बिहानैदेखि अफलाइन बार्गेनिङ


काठमाडौं—यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन् । यातायात व्यवसायीहरूको आह्वानमासडकमा सार्वजनिक यातायातका साधनठप्पप्रायः छ।

एकाध ठाउँमा एक÷दुईवटा सार्वजनिक सवारी साधन चलेका छन् । बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ।

यसैबीच, यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले मनपरी भाडा असुल्न थालेका छन्।

राइड सेयरको विरुद्धमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर विरोध गरेपछि राइड सेयर गर्ने कम्पनीले बिहानैबाट दुई गुणा भाडा मोबाइल एपमा राखेका छन् ।