काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दल र सचिवालय बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय चःमतिमा केन्द्रीय सचिवालय बैठक बस्ने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ। संसदीय दलको बैठक पनि पार्टीको केन्द्रीय कार्यालयमै राखिएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुनेछ। त्यस्तै, भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकको राजीनामाबारे पनि छलफल हुने झाले बताए ।
यस्तै पार्टीको महाधिवेशन केन्द्रित गतिविधि, पालिका र वडा तहका कमिटीहरूको अधिवेशनबारे पनि आजको बैठकमा छलफल हुने उनले बताए।
प्रतिक्रिया