काठमाडौं—राजसंस्था समर्थकहरूले गरेको काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता लिएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा राजावादीले काठमाडौं, भक्तपुर र ललितपुर बन्द आह्वान गरेका थिए।
तर प्रदर्शनको क्रममा हिरासतमा लिइएका सबै नेताहरू रिहा भइसकेकाले बन्द फिर्ता लिएको संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जानकारी दिएको छ।बन्दबारे राजावादीभित्रै मत बाझिएको थियो। राप्रपाले बन्दमा सहभागी नहुने निर्णय गरेको थियो।
प्रतिक्रिया