Breaking

बल्खु, सिफल र कोटेश्वर-बालकुमारीबाहेक ठाउँमा प्रदर्शन गर्न निषेध


काठमाडौं—सरकारले काठमाडौंका तीन क्षेत्रबाहेक बाँकी ठाउँमा प्रदर्शनलगायत विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

तोकिएका यी क्षेत्रबाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख छ ।