Breaking

जाउलाखेलमा देखाइयो भोटो


काठमाडौं—वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत आइतबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जाउलाखेल पु¥याइएको चौथो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका पदाधिकारीहरु जाउलाखेल पुगेका थिए ।

भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।