काठमाडौंमा जेठ १५ गतेदेखि राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा आन्दोलन भइरहेको छ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले गरेको यो आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा समूहहरूको समर्थन छ र शीर्ष नेताहरू पनि आन्दोलनमा सहभागी हुने गरेका छन्।
आइतबार काठमाडौंको नारायणचौरमा राजावादीहरूले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनबाट प्रहरीले राप्रपा नेपालका अध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री कमल थापालाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया