देश

राजावादी समूहको काठमाडौंकेन्द्रित आन्दोलन जारी


काठमाडौं । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित राजधानीकेन्द्रित आन्दोलनलाई जारी राखेका छन् ।

राजावादीले आज नक्साल नारायणचौरमा दिउँसो २ बजे भेला भएर प्रदर्शन गर्ने तयारी गरेका छन् । आन्दोलनमा सहभागी हुनेको संख्या बढ्दै गएको संयुक्त जनआन्दोलन समितिले दाबी गरेको छ ।

प्रशासनले नारायणहिटी परिसरलाई निषेधित क्षेत्र तोकेपछि उनीहरूले शनिबारदेखि बालुवाटार क्षेत्रमा ¥यालीसहित प्रदर्शन गरेका थिए ।राजावादीले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताउनुभयो । जेठ १५ गतेदेखि राजावादीले राजधानीकेन्द्रित आन्दोलन सुरु गरेका हुन् ।