काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शिर्ष नेताहरुले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरु हट्ने बताएकाछन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले शिर्ष राजनीतिक दलका शिर्ष नेताहरुले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छाँै भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरु हराउने दाबी गरे ।
गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताए । राजनीतिक दलहरुका नेताहरुले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताए ।
महमन्त्री थापाले शिर्ष नेताहरुले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताए ।
प्रतिक्रिया