काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताए काछन् ।
आज काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताए ।
आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अफ्ठ्यारो नलाग्ने बताए । इतिहासलाई सही बाटोमा अघि बढाउने नेकपा एमाले झोले भएको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले आफूलाई झोले भन्नेहरु देख्दा मानिस भएपनि मानव मेसिन भएको टिप्पणी गरे ।
प्रतिक्रिया