काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका अधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बद्नाम नहुने बताए ।
न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधारसभाको उद्घाटन सत्रमा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति सोझिएको प्रश्नको समाधानका लागि आपूmले सधैँ प्रयास गरिरहेको बताए । मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भुमिका महत्वपूर्ण रहने बताए । देशभरका न्यायालयको रेकर्ड हेर्दा कर्मचारीहरु न्यायपालिकाको आधारस्तम्भ भएको महशुस गरेको प्रधानन्यायाधीश राउतको भनाइ छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीयाले न्यायपालिकाले आम नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताए । न्यायपालिकाले दिएको न्यायका आधारमा जनतामा विश्वास बढ्ने र दक्षिण एशियामै उत्कृष्ट ठहरिएको न्यायपालिका अझ सक्षम बन्ने बताए ।
प्रतिक्रिया