काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको अनुमान लक्ष्य पूरा गरेरै छोड्ने बताए ।
आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले राजश्वको सन्दर्भमा गरिएको अनुमान आगामी आर्थिक वर्षको अन्तिममा समीक्षा गर्दा प्रश्न गर्न नपर्ने स्पष्ट पारे ।
वित्त आयोगले ५.५ प्रतिशतको आन्तरिक ऋण परिचालन गर्न सकिने भनेपनि बजेटमा ५.३ मा परिचालन गर्ने लक्ष्य राखिएको बताए ।
अर्थमन्त्री पौडेलले देश विकासका लागि जनशक्ति र प्राकृतिक श्रोतको आवश्यक हुने बताए ।
प्रतिक्रिया