Breaking

राजसंस्था पक्षधरसँग सरकार डरायो :अध्यक्ष लिङदेन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताए ।

पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आन्दोलन उत्साहप्रद रहकेो र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी दिए ।

आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए । एक दिन अघिसम्म निषेधित क्षेत्र नरहेको स्थामा राजसंस्था पक्षधहरुको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गरे ।

अध्यक्ष लिङदेनले जेठ १५ गते प्रधानमन्त्री एवं नेकपा एमाले अधयक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि काठमाडौं आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको बताए ।