काठमाडौँ । मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सुनसरीमा १३१ मिलिमिटर र झापामा १०४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि कोशीसँगै मधेश, बागमती, कर्णाली प्रदेशलगायतका केही ठाउँमा पानी परिरहेको छ । शनिबार दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै इलामकै बारपाङ स्टेसनमा २०८.२ मिलिमिटर वर्षा मापन भएको छ । झापाको शनिश्चरेमा २०८.६ मिलिमिटर वर्षा भएको छ । सप्तकोशी चतरामा १२८.४ र धरानबजारमा १३४.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । त्यस्तै कन्काइ १२३.६ मिलिमिटर वर्षा भएको छ ।
महशाशखाका अनुसार इलाम र झापामा अति भारी भएको छ । १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षाकाे रुपमा मापन गरिने महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया