Breaking

काठमाडौंकेन्द्रित आन्दोलनमा राजावादी, आज पनि प्रदर्शन गर्ने


काठमाडौं—काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेका राजावादीहरूले आज माइतीघर–बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दै छन् । रत्नपार्कबाट आन्दोलन सूरु गरेका राजावादीले दोस्रो दिन आज माइतीघर–बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् ।

आन्दोलनमा ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह सहभागी छन् ।राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजी हुनुपर्ने मुख्य माग आन्दोलनकारीको छ ।

संयुक्त जनआन्दोलनसमितिले आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने दाबी गरेको छ ।संविधानप्रदत्त अधिकार प्रयोग गरेर देशमा विद्यमान निषेध अन्त्य गर्दै सबै विचार र संस्था अट्ने नवीन समझदारीको माग राजावादीहरूको छ ।