काठमाडौं—पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको छ ।
बाढीले लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । चालकले हाम फालेर ज्यान जोगाएका छन् । वैकल्पिक सडक निर्माणको काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै, महेन्द्र राजमार्ग अन्तर्गत चोरमाराको फलामे पुल भाँच्चिएपछि निर्माण गरिएको अस्थायी सडक बगाएको छ ।
दुम्किबासस्थित विनयी खोला पुल भाँच्चिदा निर्माण गरिएको डाइभर्सन बगाएका कारण हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन् । यसैबीच, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ ।
प्रतिक्रिया