काठमाडौं—१९ दिने जनआन्दोलन र निर्वाचित संविधानसभा मार्फत स्थापित गणतान्त्रिक व्यवस्थाले १७ वर्ष पूरा गरेको छ । प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएकोमा यस पटक पनि त्यसले निरन्तरता पाएको छ ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको १८औँ वर्ष प्रवेशको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइयो ।
प्रतिक्रिया