राजनीति

आलम : डर लाग्दो त्यो अपराध, फैसलाले देउवाको जित, नारायणकाजीको घोर आपत्ति, सर्वोच्चले फेरि थुन्ला ?(भिडियो)


काठमाडौं—यता गृहमन्त्रीले न्यायको याचना गरिरहेका समय जिउँदै मान्छे इँटाभट्टामा पोलेको मुद्दामा अफताब आलमले न्याय पाए । आलमले उच्च अदालत जनकपुरबाट सफाइ पाएका हुन् । अब अहिले टिप्पणी भइरहेको छ– ‘यहाँ गृहमन्त्रीले न्याय पाउँदैनन् । न्याय पाउने भनेकै मान्छे मार्नेहरुले हो ।’ एक वर्ष पहिले गणतन्त्र दिवसकै दिन रेशम चौधरीले न्याय पाए । यो वर्ष अफताब आलमले पाएका छन् । अर्को वर्ष अरु कसैले पाउने होला ।

तर, ती पीडित जसले आफ्नो जीवन, दोषीलाई कारबाही गर्न बिताएका छन् । उच्चको फैसलाबाट अघिल्लो दिन आलम छुटेपछि पीडितहरुका लागि गणतन्त्र दिवस कालो दिनजस्तो बनेको छ ।

अफताब छुट्दा गाउँमा तनाव बढेको छ । पीडितहरु भन्दैछन्–‘आलम राक्षसी प्रवृत्तिका मान्छे हुन् । कांग्रेस एमालेको सरकार छ । प्रहरी प्रशासन सबै उनीहरुकै छ । हाम्रो पुकार सुन्दैन ।’