Breaking

राजावादीको भिडले काठमाडौं ढाकियो, ओलीको फुर्ती, कार्यकर्तामा देखिएन उत्साह, कसका कति मान्छे ? (भिडियो)


काठमाडौं—देशमा गणतन्त्र स्थापना भएको १८ वर्ष पुगेकै दिन, बिहीबार संघीय राजधानी काठमाडौंमा देखिएको दृश्य हो यो । एकातिर सत्तारुढ दल नेकपा (एमाले)ले आयोजना गरेको ‘गणतन्त्र उत्सव’ ¥याली, अर्कोतिर त्यही गणतन्त्र फालेर राजतन्त्र पुनःस्थापना गर्न तम्सिएका राजावादीहरूको प्रदर्शन ।

पहिलोपटक गणतन्त्र दिवस मनाउन सडकमा उत्रिएको एमाले र गणतन्त्र दिवसकै दिन व्यवस्था बदल्ने उद्घोषसहित ‘संयुक्त जनआन्दोलन’ थालेका राजावादीहरूको कार्यक्रममा नाराबाजी भने फरक थियो ।